रोजिरोटीका लागि घरेलु महिला कामदारको रुपमा गत दुई महिना अघी देखी सम्युत्त अरब एमिरेट्स यूएई को दुबइ ग्लोबल भिलेज अरबियन रेन्चिजमा भारतीय नागरिकको घरमा कार्यरत गोर्खाकी रिता थापा मगर ( नाम परिवर्तन ) लाई घर मालिक द्वारा शारीरिक तथा मानसिक यतना दीइ बन्दक बनाइ राखेको खबर प्राप्त भएको छ।
खबर प्राप्त भए सगै अहिले उनको उद्दारको लागि नेपाली समाज यूएई तथा अर्घाखाँची समाज द्वारा पहल सुरु गरिएको छ।
अहिले उनको उद्दारका लागि समाजले टोली खटाइ सकेको छ ।
अहिले उनी घरमै बन्दक अवस्थामा छीन । स्रोतले जनाए अनुसार उनलाई मालिकले पिटेका निल डाम समेत सजिलै देख्न सकिन्छ।
उनी कार्यरत स्थान बाट उद्दार गरी दुतावास सम्म पुराउन आज मध्यरात सम्म पहल जारी राखिने समाजका प्रतिनिधि ले जनाएका छन ।
थप जानकारी अप्डेट गर्दै जाने छौ।



