गैरकानूनी रुपमा भिषा शुल्क लिईरहेकालाई कारवाही

निशुल्क भिषामा शुल्क लिनेलाई कारवाही गर्छु :श्रममन्त्री गिरि


श्रम तथा यातायात ब्यवस्था मन्त्री सरिता गिरीले निशुल्क भिषामा समेत वैदेशिक रोजगार व्यवसायीहरुले गैरकानूनी रुपमा भिषा शुल्क लिईरहेको भन्दै त्यसलाई तत्काल खारेज गरेर दोषिलाई कारवाही गर्ने बताउनु भएको छ ।

 

सोमबार राजधनीमा आयोजित पत्रकार सम्म्ेलनमा मन्त्री गिरीले नेपालसँग श्रम सम्झौता भएका मुलुकले निशुल्क भिषामा नेपाली कामदार मगाउने भए पनि अनुगमनको अभावमा वैदेशिक रोजगार व्यवसायीहरुले भिषा शुल्क लिने गरेको उल्लेख गर्नुभयो । त्यसलाई खारेज गर्ने प्रक्रिया सुरु गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

 

मन्त्री गिरीले ईजरायलमा नेपालीको रोजगारी सुनश्चित गर्ने काम आफूले गरेको र छिट्टै ईजरायलमा नेपाली कामदार जाने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गिरीले बैदेशिक रोजागारीमा हुने ठगी ९५ प्रतिशत मुद्दाहरु बैदेशिक रोजगार विभागको मिलेमतोमा मिलाईने गरेको भन्दै ठगीको विषयमा मुद्दा चलाएर कारवाही गर्ने तयारीमा आफू लागेको पनि वताउनुभभयो । उहाँले न्यायाधिकरण सम्बन्धी नियमावली लामो समयदेखि मन्त्रालयमा थन्किएकोले अब त्यसलाई अगाडि बढाउने प्रक्रिया पनि आफूले सुरु गरिसकेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको नाममा ठगि गर्नेहरुमाथी कारवाही गरेरै छाड्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

अन्य समाचारहरु