दैलेख – बालिका बलात्कार गर्ने एक युवालाई जिल्ला अदालतले १३ वर्ष कैदसहित १ लाख जरिवाना सजाय तोकेको छ । जिल्ला न्यायधिश नारायणप्रसाद धितालको एकल इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।
नारायण नगरपालिका १ कुइकानाका केशव केसीले दैलेखबजारकी ७ वर्षीया एक बालिकालाई गत भदौ ४ गते सदरमुकाम नजिककै जंगलमा लगेर बलात्कार गरेका थिए । मुलुकी ऐनको जबरजस्ती करणी महलको १ नं. कसुरमा सोही ३ देहाय १ बमोजिम १३ वर्षका लागि कैद र १ लाख जरिवाना भराउने फैसलामा उल्लेख छ ।



