– उमाकान्त पाण्डे “गाउंले”
यूएइ डेस्क – बाग्लुङ सेवा समाज युएइ औपचारिक गठन भए लग्गतै क्षेत्रीय समिती बिस्तारमा तिब्रता ल्याएको छ । यसै क्रममा समाजले दुबइ क्षेत्रिय समिती गठन गरेको छ।बाग्लुङ बाट यूएईको दुबइमा आइ बिभिन्न पेशामा कार्यरत बाग्लुङेलीहरु को एक भेला गरी समाजले दुबइ क्षेत्रिय समिती गठन गरेको हो।
गत शुक्रबार दुबइको अलकुजमा भएको भेलाले रेशम सापकोटाको अध्यक्षतामा ११ सदस्यिय दुबइ क्षेत्रीय समिती निर्माण गरेको जनाएको छ।
जसमा क्रमस उपाध्यक्षमा गोपाल परियार,सचिवमा गोविन्द कडेल,सह-सचिवमा विकास भण्डारी,कोषाध्यक्षमा खीमलाल पाण्डे र सदस्यमा क्रमश: मोहन सापकोटा,भिमवहादुर विक,टिका के.सि.,लालवहादुर गुरुङ,भुपाल रेग्मि रहेका छन।
समितीको सल्लाहकारमा गोपाल केसि र दानवहादुर गुरुङग लाई चयन गरिएको छ।
बाग्लुङेलीलाई सगंठित गर्दै यहाँ कार्यरत नेपाली लाई परी आउने आपत बिपतमा सहयोगी भूमिका निभाउने उद्देश्यका साथ यस् अघिनै समाजका सारजाहमा क्षेत्रिय समिती गठन गरि सकिएको जानकारी दिदै केन्द्रिय अध्यक्ष गोपाल कडेंलले नवगठित पदाधिकारी लाई कार्यकालको शुभकामना दिएका थिए।




