पत्रकार महासंघ दाङ शाखाको वेबसाइट र वाइफाई जोन उद्घघाटन

– उदय जीएम


दाङ, १८ पुस : नेपाल पत्रकार महासंघ दाङ शाखाको वेबसाइट र वाइफाई जोनको उद्घाटन सोमवार गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रभात चलाउनेले वेबसाइट तथा वाइफाई जोनको उद्घाटन गरेका हुन् ।


प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रभात चलाउनेले बेवसाइट र वाइफाई जोन सञ्चालन गर्ने दाङ शाखा पहिलो भएको बताए । उनले सञ्चारकर्मीहरु सूचना र प्रविधिमा आममानिसभन्दा एक कदम अगाडि बढ्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य चलाउनेले सञ्चारकर्मीहरुकै सूचनाको आधारमा आफ्ना धारणा बनाउने भएकाले सकारात्मकतातिर जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए । देशैभरिका शाखाहरुलाई बलियो बनाउनका लागि केन्द्रले योजना र कार्यक्रम अगाडि बढाइने जानकारी दिए ।


केन्द्रीय सदस्य चलाउनेले संस्थागत विकासका लागि सबै सदस्यहरु क्रियाशील रहन आग्रह गरे । उनले महासंघले पेशागत सुरक्षा र भौतिक विकासमा जोड दिइरहेको जानकारी दिए । सबै सदस्यहरुलाई विमा गर्ने योजना अगाडि ल्याएको जानकारी दिँदै केन्द्रीय सदस्य चलाउनेले विमाका लागि तत्काल फाराम भरेर पठाउन आग्रह गरे ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका पर्ूवअध्यक्ष एवं सल्लाहकार सुशील गौतमले महासंघले नयाँ प्रविधिसँगै नयाँ काम थालेकोमा प्रशन्नता व्यक्त गरे । अर्का सल्लाहकार एवं पर्ूवअध्यक्ष प्रताप रेग्मीले बदलिँदो युगसँगै दाङ शाखाले पनि आफूलाई इन्टरनेटको संसारमा पुर्याएकोमा प्रशन्नता व्यक्त गरे । अर्का सल्लाहकार अजयदीप शर्माले अब दाङ शाखा पनि विश्वसामु पुगेको धारणा राखे । त्यस्तै, अर्का सल्लाहकार सुदीप गौतमले वेबसाइट र वाइफाई जोनले सूचना आदानप्रदान गर्नका लागि यसले महत्वपर्ूण्ा योगदान दिने बताए । त्यस अवसरमा दाङ शाखाका अर्का सल्लाहकार रामप्रसाद पौडेल, उपाध्यक्ष नरेन्द्र केसी, उदय जीएमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडितको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव सविन प्रियाशनले गरेका थिए । वेबसाइटको ठेगाना http://www.fnjdang.org  रहेको छ । यसमा प्रतिक्रिया, सर्म्पर्क, समाचार, परिचय, कार्यसमिति, साधारण सदस्यहरु, सूचना, प्रेस विज्ञप्ति, गतिविधि, तस्वीर, प्रकाशनहरु, सञ्चारमाध्यम, सञ्चार संस्था, लिंक, छलफल, जिल्लाबारे लगायतका विषयवस्तुहरु समेटिएका छन् ।

अन्य समाचारहरु