शीतलहर र अत्याधिक चिसो प्रभावित सर्वसाधारणलाई राहत

चिसोका कारण देशका विभिन्न जिल्लामा गरी अहिलेसम्म ७० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । शीतलहर र अत्याधिक चिसोले तराईका सिरहा, सप्तरी, मोहत्तरी, रौतहट, धनुषा, बारालगायतका जिल्लाका सर्वसाधारणले अझै राहत पाउन सकेका छैनन् । केही संघ संस्थाले आफ्नै पहलमा कपडा वितरण गरेपनि सरकारी निकायबाट पिडितहरुले राहत पाएका छैनन् ।

 

यसैबीच, ईमेज न्यूज एफ.एम १०३ दशमलव ६ का स्रोताहरुको संस्था मेरो देशले पनि चिसोबाट प्रभावित सिरहाका ६ वटा गाविसमा आज कपडा वितरण गरेको छ । सिरहाको मधेवा पोर्ताहा, गोविन्दपुर, बिष्णुपुर, तरेगना, ढोड्ना विरनगर गाविस र लहान नगरपालिकाको बलुवा टोलका २६ सय ६३ जनालाई कपडा बाँडेको हो । काठमाडौंबाट कपडा लिएर गएको टोलीलाई सिरहाको लाइन्स क्लव अफ लाइन सिटीले सहयोग गरेको मेरो देशका उपाध्यक्ष सुन्दरकुमार परियारले जानकारी दिनुभयो ।

 

संस्थाले तराईका चिसो प्रभावितका लागि ज्याकेट, कमिज

अन्य समाचारहरु