– रवि रोषी
ओमनको अलअफ्सुर निर्माण कम्पनीमा कार्यरत नेपाली कामदारहरुले अहिले न त तलब पाएका छन् न त घर जाने फिर्ती टिकट नै पाएका छन् । आज भन्दा झण्डै ४ बर्ष अघि नेपालबाट १७ जना नेपालीहरु सो कम्पनीमा कामदारको रुपमा आएका थिए । कुल ७५ जना कार्यरत सो कम्पनीमा हाल ७ जना नेपालीहरुमात्र रहेका र १७ मध्येका १० नेपाली कामदारहरु नेपाल फर्किसकेकाछन् ।
विगत ६ महिनाबाट त्यहाँ कार्यरत कामदारहरुले कुनै तलब पनि नपाएको र खानको लागि त्यहाँको दैनिक १० मात्र दिने गरेको उनीहरुले बताए । इन्स्योरेन्स पनि नभएको र दैनिक ८ घन्टा भन्दा बढि मनोमानी ढंगबाट काम लगाउने र ओभरटाईमा पनि नदिने गरेको बताउँदै कम्पनीबाट पाउनु पर्ने बाँकी बक्यौता तलव प्राप्त गर्न सके हामी नेपाल फर्कन चाहन्छौँ पिडितहरुको भनाई थियो ।
यसरी घर जान चाहनेहरुमा नेपालगाज बाँकेका ३९१४९०९ नम्बर राहदानी बाहक राजकुमार शाह नेपालगाज बाँकेकै ३०७६०६१ नम्बर राहदानी बाहक नर बहादुर नेपाली जनकपुर धनुषाका २७३८९२८ नम्बर राहदानी बाहक रामबरण मुखिया जनकपुर धनुषाकै २६६९४४५ नम्बर राहदानी बाहक ओम प्रकाश राय कपिलबस्तुका २०२९१८५ नम्बर राहदानी बाहक खगेश्वर गैरे मोरङका २४३५२२३ नम्बर राहदानी बाहक श्याम खड्का र स्यांग्जाका ३९६३९७१ नम्बर राहदानी बाहक टेक बहादुर थापा रहेका छन् ।