९७ हजार अमेरिकी लडरसहित ७ जना चिनियाँ नागरिक पक्राउ

प्रहरीले भक्तपुरको जगातीबाट ९७ हजार अमेरिकी लडरसहित ७ जना चिनियाँ नागरिकलाई आज बिहान पक्रेको छ ।

 

तीन वटा गाडीमा काठमाडौंबाट खासातर्फ जाँदै गरेका उनीहरुको साथबाट चेक जाँचका क्रममा उक्त परिमाणको डलर फेला परेपछि नियन्त्रणमा लिइएको जगाती प्रहरीले जनाएको छ ।

 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको शरीरका विभिन्न भागमा डलर लुकाइएको अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग जगातीका प्रहरी निरीक्षक चक्र बस्नेतले जानकारी दिनुभयो ।

 

प्रहरीले उनीहरु चढेको बा८च ६४२६, बा७च ५४३४ र बा७च ९१७८ नम्बरका गाडी पनि नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु