– गिता मणी पाण्डेय
युएई दुवई । एक थुकि सुकि सय थुकि नदि उखान भने झैं रेाजगारकेा शिल शिलामा युएई पुगेका गुल्मि जिल्ला परमानन्द नगर चोरकाटे वजारका दाजु भाई दिदी वहिनीहरुले दुःखकेा कमाई सदुपयेागकेा लागि संचय कोषको तरिका बाट युएईको दुवईमा कार्यरत सवैले पैशा संकलन गर्न थालेका छन ।
यस संचय कोषमा मेनेजर देखि लेवर सम्मको पोष्टमा रहेका नेपालीवाट यस्तो पैसा संकलन अभियान थालिएको हो । रुद्रावति संचय कोष नाम राखिएको यो संस्थामा मासिक १०० दिराम युएई संकलन गरिन्छ । आवश्यक परेका वेला विरामि हुदा या अपर्झट घर जानु पर्दा परिस्थिति वुझेर रिन उपलव्ध गराईन्छ ।
हरि प्रसाद भण्डारीको अध्यक्षतामा १७ जनाको कार्य समिती गठन गरिएको जसमा संयोजक तथा कोषाध्यक्ष ओमप्रकाश भण्डारि उपाध्यक्ष मा तु_िल्सराम राम भण्डारी र भक्त वहादुर केसि सचिव विष्णु प्रसाद न्यौपाने सह सचिव गंगाधर अधिकारी सदस्यहरु क्रमश ।छविलाल पौडेल पितम्वर भुषाल भिष्म थापा लुम्विनी शर्मा झविन्द्र न्यौपाने हरि ढकालशिव पन्त सालिक राम पन्त राम प्रसाद ज्ञवाली बाबुराम भण्डारी र नारायण घिमिरे रहेका छन ।
जसमा आफनो परिश्रमलाई एक ठाऊमा जम्मा गरि एक मुष्ट रकम घर परिवार सम्म पठाउने यस अभियानवाट कम तलव खाने मात्र होईन राम्रै तलव हुने हरुको लागि पनि फाईदा देखिन्छ । यो संचय कोषको स्थापना १०।०४।२०१० मा भएको र यसको प्रमुख उद्देश्य भनेको हामि नेपाली दाजु भाई दिदी वहिनि विच मित्रता कायम गर्नु हो भन्दै संस्थाका अध्यक्ष हरि प्रसाद भण्डारी ले जानकारि गराएका थिए ।