पश्चिम चितवनको माडीस्थित अयोध्यापुरी गाउं विकास समिति वडा नम्बर ९ कुसुमखोलाका गणेश वहादुर चेपाङ्को चिसोका कारण मृत्यु भएको छ । ४१ वर्षिय चेपाङलाई अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको बताइएको छ । चिसोले सबैभन्दा बढी विपन्न समुदायका मानिस प्रभावित भएका छन् ।
ताप्लेजुङ र पाँचथरको उच्च हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपातसंगै चिसो अत्यधिक बढेपछि त्यस क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रको विद्यालयहरु बन्द गरिएका छन् ।



