काठमाडौंवाट पोखरातर्फ जाँदै गरेको वा ९ च १६८५ नम्वरको कार जामुने ७ धयेंरे नजिकै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।
घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका मध्ये तीन जनाको सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक कट्टेलले वताए ।
बिहीबार नै विद्यालयबाट घर फर्किंदै गरेकी विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
पोखरावाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३६८६ नम्वरको ट्रकले छाङ्ग ३ थर्पु वजार नजिकै ठक्कर दिदा ९ वर्षीया नविना रानामगरको मृत्यु भएको हो ।
दुर्घटनापछि रानामगरका आफन्तले ट्रक चालकलाई कारबाही गर्नु पर्ने माग राख्दै साँझ ५ बजेदेखि अवरुद्ध गरेको पृथ्वि राजमार्ग अझै खुल्न सकेको छैन ।



