सन्तोष पोखरेल
पोखरा – उद्दारका लागि काठमाडौंबाट उडेको फिस्टेल एयरको हेलिकोप्टर मनाङको थोराङफेदीमा दुर्घटनामा परेको छ। कलसाइन ९एनएजेआइको उक्त हेलिकप्टर दिउँसो चार बजे दुर्घटनामा परे पनि मानवीय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ। हलिकप्टरका पाइलट अष्ट्रेलियन स्टिभन थिए।
विमानस्थलका प्रमुख प्रताबबाबु तिवारीका अनुसार अवतरण गर्ने क्रममा हेलिकोप्टरको पुछारको पंखा (टेल रोटर)मा ठोक्किएको थियो। ‘बाक्लो हिउँ परेकोले अवतरका क्रममा चिप्लेर भित्तामा ठोक्किएको जानकारी आएको छ’ तिवारीले भने’ विस्तृत विवरण आउन बाँकी छ।’
बिरामी परेका अष्ट्रेलियन नागरिक विलियम बिस्सेरीलाई उक्त हेलिकप्टर उद्दाकार लागि आएको मनाङ साहायक जिल्ला प्रमुख दायाराम श्रेष्ठले बताए।