विदेशबाट घर आएलगतै सुनसरीका एक पुरुषले पत्‍नीको हत्या गरे

इटहरी – विदेशबाट घर आएलगतै सुनसरीका एक पुरुषले शुक्रबार पत्‍नीको हत्या गरेका छन्। मधेसा-४ का इन्द्रलाल सरदारले ३२ वर्षीया पत्‍नी दयावतिको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेलगत्तै उनी फरार छन्।

इन्द्रलाल शुक्रबार बिहानमात्र कतारबाट घर आइपुगेका थिए। बिहान ८ बजेतिर घर आइपुगेका इन्द्रलाल र दयावतिबीच मध्यान्हतिर विवाद भएपछि घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको डिएसपी यमुना रजकले बताए।

 

दयावतिको घटनास्थलमै मृत्यु भएको हो। हत्याबारे अनुसन्धानन थालिएको छ। प्रहरीले दयावतीका ससुरा सुर्य सरदार र जेठाजु तिलक सरदारलाई पक्राउ गरेको छ।

 

– नागरिक

अन्य समाचारहरु