
सो जहाजमा दुई बालबालिका सहित ६ जना नेपाली यात्रारत थिए । काठमाडौंका प्रकाशमोहन भट्टराई, रुपा पौडेल भट्टाई, प्रज्जलमोहन भट्टराई र रोहनमोहन भट्टराईको नाम खुलेको छ भने अन्य २ जनाको परिचय खुलेको छैन । अहिले उनीहरुको उद्धार गरिएको र रोममा ट्राभल डकुमेन्टको प्रतिक्षामा रहेको उनीहरुको निरन्तर सम्र्पकमा रहेका अनुपम पौडेलले जानकारी दिएका छन् ।
दुर्घटनाको समयमा उनीहरु रात्री पहिरनमा रहेका र अरु झोलामा रहेका अरु कपडा हराएकाले उनीहरु गएराति अरु ४२ सय मानिसहरु सँगै चिसोमै सामुदि्रक किनारमा रात काट्न बाध्य भएको पौडेलले जानकारी दिनुभयो । नेपालीहरुले भ्रमणको बन्दोबस्त मिलाउने एजेन्सीलाई आफ्ना पार्सपोर्ट दिएका थिए ।
दुर्घटनामा पासपोर्ट हराएपछि एजेन्सीले उनीहरुलाई भ्रमण कार्ड उपलब्ध गराएको छ । जसका माध्यमबाट उनीहरुले इटालीमा रहुन्जेल हिँडडुल गर्न पाउने छन् । एजेन्सीले इटालियन सरकारसँगको सहकार्यमा उनीहरुलाई पार्सपोर्ट बिनै भ्रमण गर्ने टाभल डकुमेन्ट पनि उपलब्ध गराएको छ । इटालीमा रहुन्जेल एजेन्सीले उपलब्ध गराएका कागजात पर्याप्त हुने भएपनि पार्सपोर्ट र अरु ट्राभल डकुमेन्ट नभएकाले ती नेपालीहरु काठमाडौं फर्किन सक्ने अवस्था नरहेको बताइएको छ ।
उनीहरु ट्राभल डकुमेन्ट प्राप्त भएपछि नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।



