गुल्मीको तम्घास जादै गरेको लु १ ख ४३१० नम्वरको बस ब्रेक फेल भएर जोर्तेको ओरालोमा दुर्घटना भएको हार्थोक प्रहरी चौकीका प्रमुख ऋषि ज्ञवालीले जानकारी दिए । उनले घट्नास्थलमै दुई जनाको मृत्यु भएको बताए । च्यापिएका शव राती ११ बजेमात्रै निकालिएको थियो । दुघर्टनामा परि मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये पांच जनाको अवस्था गम्भीर रहेको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । ओराले र चिप्लोबाटोमा बस चिप्लिएर दुघर्टनाग्रस्त भई सडकको भित्तामा ठोक्किएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । दुघर्टनास्थल पाल्पा सदरमुकामदेखि २४ किलोमिटर पश्चिमतर्फ पर्छ ।



