पशुपति श्रेष्ठ दोहा कतार, लाखौ सपना बोकेर प्रदेशिएका युवाहरु आधा करोड भन्दा धेरै छन तर विदेशमा दिनहु कुनै न कुनै दुख अनि पिडाका खबर सुन्नमा आउछ। यस्तै दुख पिडामा परेका युवा एक हुन दोलखा भिनपा एघारका प्रकाश बस्नेत धनकमाउला साहु तिर्रौला परीवारलाई खुसि राखौला भनि एक बर्ष पहिले युएई छिरेका बस्नेत लाई के थाहा थियो र आज यो अवश्था आउछ भनेर तर नसोचेको परिदियो आज आएर बस्नेतका दुवै मृर्गौला फेल भई नौ महिना सम्मा अस्पतालको बेडमा रहि पँन्ध्र दिन पहिले स्वदेश फर्किएका ।
बस्नेतलाई युएईको एक अस्पतालले दिएको रिर्पोट अनुसार एक मृर्गौला फेर्न पँन्ध्र लाख जति लाग्ने बताएपछि निराश भई स्वदेश फर्केको बस्नेतले बताए। त्यति ठुलो रकम हामि जस्ता गरिवले कहाँबाट जम्मा गर्नसक्छौर? बस्नेतले बताए अनुसार आफ्नो चल अचल सम्पति बेच्दा पनि त्यति धेरै रकम जम्मा गर्न नसकेपछि गत दुई महिनापहिलेबाट गुहार माग्दै आएका पनि उनले बताए।
नवलपरासिका केशबराज पाठक सयोजकमा युएईमा कार्यरत प्रवासिहरुको आफुसक्दो सहयोग छत्तिस हजार छ सय
साठि रुपैया जम्मा गरि बस्नेतको हिमालयन बैङकमा रहेको खाता न.00403842120017मा जम्मा गरिदिएको युएईबाट
केशबराज पाठकले फोन सम्पर्क गरी जानकारी दिनुभएको छ। तेस्तै कतारबाट पनि सहयोग रकम संकलन भइरहेको र छिटै नै बस्नेतलाई बचाउनको लागि रकम पठाईदिने नबिन सेनले बताउनुभएको छ।