प्रवासी नेपाली संघ दुवई क्षेत्रिय समितिको अधिवेशन सम्पन्न

– गिता मणी पाण्डे

 

यु ए ई दुवई ।   यु ए ई प्रवासमा रहेका नेपालीहरुको हक हित एवं संरक्षकका निम्ति खोलिएको प्रवासि नेपाली संघ अन्र्तगतको दुवई क्षेत्रिय कमिटीको अधिवेशन  गत सुक्रवार सम्पन्न भयो । 

 


 

केन्द्रिय सचिव विजय पाण्डेको सचालन र केन्द्रिय महासचिव डि आर गुरुङको प्रमुख अतिथिमा सम्पन्न अधिवेसनले १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । जसमा उक्त भेलाले सर्व सहमतिवाट अध्यक्ष पदमा गोपाल शर्मा गैरे चुनिए भने उपाध्यक्षमा यादव अर्याल  तिलक राम भण्डारी सचिव क्रणा प्रसाद नेपाल सहसचिव क्रणा अर्याल कोषाध्यक्ष विष्णु सापकोटा सह कोषाध्यक्ष रमेश पाण्डे क्रमश सदस्यमा राजन पन्थ  वावुराम न्यौपाने ओमप्रकाश श्रेण्ठ हरि चापागाई गणेश न्यौपाने चुनिएका छन । कार्यक्रमका प्रमुख अतिथि डि आर गुरुङले भन्नु हुन्छ सामाजिक कामलाई प्रमुख एजेण्डा वनाएर अघि वढनु पर्ने भन्दै नवनिर्वाचित कार्य समितिलाई  शुभकामना दिनुभएको थियो ।

 


 

कार्यक्रममा अतिथिको रुपमा पाल्नु भएका तर्क केसिले याहां हुने नेपाली सामु आई पर्ने समस्यालाई समाधान गर्न केहि आर्थिक स्रोत जुटाउनु पर्ने धारणा राख्नु भएको थियो । अन्तमा सभापतिवाट वक्तव्य दिदैं केन्द्रले दिएका हर काममा सहयोग गर्दै अगाडि वढने भन्दै नयां कार्य समितिलाई शुभकामना दिदैं उक्त भेलालाई विसर्जन गरिएको थियो ।