दाङमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु, १६ जना घाइते

दाङमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

 

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको हायस गाडी मसोट खोला नजिकै मोडमा दुर्घटना हुँदा नारायणपुर निवासी माया दाहालको मृत्यु भएको हो ।

 

घाइते मध्ये सात जनाको घोराहीस्थित राप्ती उपक्षत्रीय अस्पतालमा उपचार भैरहेको छ भने अरु नौं जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

अन्य समाचारहरु