प्रवासी नेपाली संघ यूएइको शारजाह र अलेनमा पनि अधिवेशन सम्पन्न

– गिता मणी पाण्डे ।

 

फेव्रवरी ३ २०१२  यूएइ । प्रवासमा कार्यरत प्रवासी नेपाली संघ यूएइका केन्द्रिय क्षेत्रिय पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच संघले युवराज भुषालको अध्यक्षतामा आफ्नो सारजाहा क्षेत्रिय समितिको अबिधेशन सम्पन्न गरेको छ ।

 



गत शुक्रवार ३ फेव्रवरी २०१२ का दिन  सम्पन्न उक्त कार्यक्रममा संघका केन्द्रिय सचिव विजय पाण्डेको सचालनमा  केन्द्रिय  सदस्य तथा आर्थिक विभाग प्रमुख गिरमान थापाको प्रमुख आतिथ्यमा नव निर्वाचित पदाधिकारीहरुको चयन गरिएको थियो । सो अधिवेशनले तुलवहादुर पुनको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ ।

 


 

उपाध्यक्षमा हरि पाण्डे र मानकुमार श्रेण्ठ सचिवमा हस्तराज दर्लामि सह सचिवमा राजेस श्रेण्ठ कोषाध्यक्षमा श्रीधर न्यौपाने सदस्यहरुमा क्रमश मथुरा गैरे  खडकवहादुर दर्लामि  शन्तोष लौडारि सुरज कडेल  क्रण्ण प्रसाद आचार्य  गंगावहादुर छन्तेल  दिलिप रेसम षडानन्द पोखरेल  तोयाकान्त  निर्वाचीत हुनु भएको छ  भने सल्लाहकारमा युवराज भुषाल  प्रकाश शर्मा  कुलवहादुर थापा चयन गरिएको थियो । भने नया कार्यसमितिलाई प्रमुख तिथिवाट वधाई तथा शुभकामना दिदैं आउदा दिनमा संघले निर्वाह गर्नु पर्ने भुमिकाका बारेमा कार्यकर्ताहरुलाई जानकारी गराउदै यहां कार्यरत शोषित  पीडित श्रमजिवीहरुको पक्षमा  सधैं संघर्ष जारी साख्दै  नजिकबाट बुझेर ती समस्याको समाधानका लागी दुतावास तथा यहां कार्यरत अन्य बिभिन्न संघ संस्था संग हातेमालो गर्दै आवस्यक कदम चाल्ने काम संघबाट भइरहेको र यसको प्रभावकारीता आगामी दिनहरुमा अझ बढाउदै लगिनु पर्नेमा जोड दिईएको थियो । 

 



सोही दिन संघले आफ्नो अलेन क्षेत्रिय समितिको पनि आगामी कार्यकालको लागी नयां कार्य समिति चयन गरेको छ । अलेनको मिना पार्कमा सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालको लागी  नेतृत्व ईन्द्रवहादुर घिमिरेको अध्यक्षतामा ७ सदस्यिय नयां कार्य समिति गठन गरेको हो ।  जसमा उपाध्यक्षमा धनवहदुर गुरुङ सचिवमा लक्ष्मण अधिकारि  सह सचिवमा गम्भिर िसंजाली कोषाध्यक्षमा तिलकराम खनाल सदस्यमा यमन विक  हरि प्रसाद खनाल रहेका छन ।  उक्त क्षेत्रिय अधिवेशनमा  श्याम राज पाठकको संयोजक र उत्तम अधिकारिको संचालनमा   सम्पन्न कार्यक्रममा केन्द्रिय कमेटिका सदस्य क्रष्ण भुषाल र गोविन्द खनाल लगायत भत्तवहादुर लामिछाने भेषराज ढकाल  अर्जुन प्रसाद सापकोटा उपस्थित थियो अतिथिहरुले नव निर्वाचित पदाधिकारिहरु लाई वधाई तथा शुभकामना दिदैं आ आफनो जिम्मेवारिको वारेमा प्रष्ट पार्दै अझै सकि्रय भई अगाडि वढनु पर्नेमा जोड दिईएको थियो ।