– अर्जुन दाहाल
३ फेब्रुअरी २०१२ दुबई । नेपालका चार जना कराँते खेलाडीलेसंयूक्त अरब इमिरेट्स यूएई को दुबई स्थित अल अहली क्लबमा आज ३फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्रस्तुतगरेका छन् । दुबई्रको अल अली क्लबमा सम्पन्न हुन गईरहेको अल अहली अन्तराष्ट्रिय ओपनप्रतियोगितामा नेपाली खेलाडीले आज अठार वर्ष मुनीको समुहमा एकल काँता प्रतियोगीतामाभाग लिएका छन् । सो प्रतियोगितामा नेपाली खेलाडीले स्वर्ण रजत र कास्य पदक जितेकाछन् । जसमा धािदंगकी बिमला तामांगले स्वर्ण पदक जितेकी छिन् ज्योती धलेले रजत रकृपा गुरुंगले कास्य पदक जितेकी छिन् । उनीहरुको समूहमा अन्य प्रतिस्पर्धीहरुमायूएईकी अलीया अबदुल्ला इरानकी मारियम बुस्तानाफ्रेज यूएईका तारनिम हसनमहम्मोद यूएईकी खैरा खेलपाती थिए । जस मध्ये यूएइकी अलीया अबदुल्लाले पनि कास्यँ पदक जितेकी छिन् । फाइनलमा बिमलालेनेपालकै प्रतिस्पर्धी ज्योतीलाई हराएकी थिइन । उनीहरुले सिनीयर खेलाडिसँग ओपन टिमकातामा यूएई र इरानका खेलाडि सँग पनि प्रतिस्पर्धा गर्ने छन् ।
बिराटनगरका रामबहादुरलिम्बुलॆ सिनियर ६७ किलो भन्दामुनीको समूहमा एकल कुमिते प्रतियोगितामा प्रतिस्सर्धागर्दैछन् । सो समूहमा साउदी अरब क्यामरुन अरमेनिया कुवेत ओमान यूएईइराक यमन इजिप्ट लेबनान रशिया सुदान इरान र नेपालका गरी ६४ जना प्रतिस्पर्धीरहेका छन् । उनले श्रीलंकाको कोलम्बोमा २०१० मा सम्पन्न ११ औं साफ खेलमा रजतपदक हासिल गरेका थिए । नेपाली खेलाडिका साथमा टिम म्यानेजर अयुब खान र रेप्रुीहरुबिशान िसंह खडका बिआर मित्र ध्रुब बिक्रम मल्ल रेशम लामा छत्रबहादुर आले मगर र सुरजसुबेदी पनि आएका छन् । रेप्रुी ध्रुब बिक्रम मल्लले कराँतेको नयाँ नियम सम्बन्धीअन्तरराष्ट्रिय नियमको बारेमा अपडेट गर्नकालागि सुनौलो अवसर भएको बताएका छन् ।

खेलाडिहरुको हौसलाबढाउनकालागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष चन्द्रबहादुररोकाहा उपाध्यक्ष मनोजकुमार श्रेष्ठ महासचिव सन्तोष प्रसाई सचिव जगत आचार्यसदस्य हेम राई गुाजमान गुरुंग नेपाल पत्रकार महासंघका सचिव अर्जुन दाहाललगाएतका करिब५० जना नेपालीहरु अल अहलि क्लबमा भेला भएका थिए । नेपालका राष्ट्रिय खेलाडिदेशको गहना भएकोले उनीहरुलाई सम्मान गर्नका लागि एनआरएनए यूएईले भोलीबेलुका सम्मान कार्यक्रम गर्ने अध्यक्ष चन्द्रबहादुर रोकाहाले बताउनु भयो ।