बाजुरा बाख्रा चराउन गएका बेला भीरबाट लडेर एक १३ वर्षीय बालकको मृत्यु

– अर्जुन शाह

 

बाजुरा – बाख्रा चराउन गएका बेला भीरबाट लडेर शनिबार साँझ कैलाशमाण्डौ-१ पन्धारामा एक बालकको मृत्यु भएको छ ।

 

१३ वर्षीय हर्क बुढाको मृत्यु भएको हो । गाउँ नजिकैको बाख्रा चराउन गएका बेला भीरबाट खसेर झण्डै एक सय मिटर तल खसेपछि बुढाको घटनास्थलमै मृत्यु भएको स्थानीय लालबहादुर बुढाले बताए ।

 

मृतक स्थानीय बढीमालिका मावि पन्धारामा कक्षा ५ मा अध्ययनरत थिए ।

अन्य समाचारहरु