कर्णाली चिसापानीमा कुलो खन्न गएका व्यक्तिको भीरबाट लड्दा मृत्यु

– गणेश चौधरी

 

टीकापुर  – कर्णाली चिसापानीमा कुलो खन्न गएका करिब ५५ वर्षीय विर्खबहादुर चौधरीको आइतबार मृत्यु भएको छ । मुनुवा गाविस-४ हिम्मतपुरका चौधरी कुलो खन्ने गाउलेका लागि खान पकाउन दाउरा संकलनका लागि डाडामा गएका बेला भीरबाट लड्दा उनको मृत्यु भएको उनका गाउले पदम गिरीले बताए ।

भीरबाट लडेपछि उपचारका लागि कैलालीको लालरत्न अस्पतालमा उपचारका लागि ल्याइएको र लालरत्नबाट रिफर भइ उपचारका लागि नेपालगन्ज लग्दै गर्दा उनको बाटैमा मृत्यु भएको उनले बताए ।

रानी जमरा र कुलरिया कुलामा पानी ल्याउन गाउँका बडघर मार्फत सबै किसान भेला गराइ रानी जमरा र कुलरिया कुलोको मुहान खन्ने परम्परा छ । पूर्वी कैलालीका ७ गाविस र टीकापुर नगरपालिकाका किसानले फरुवाले कुलाको मुहान खन्न कर्णाली चिसापानीमा जंगलमा बस्नु परेको छ । गाउभरीको एउटै भान्छा हुने भएकोले गाउका किसानको संख्या अनुसार भान्सेको व्यवस्था गरिएको हुन्छ । मृतक चौधरी खान पकाउन दाउरा खोज्न जंगल गएका बताइएको छ ।

रुखको फेदमा खुला आकाशमुनि उनीहरु बसेका छन् । कुनै कुनै गाउँकाले भने त्रिपाल टागेर रात काट्ने गरेका छन् ।

अहिले सरकारले कर्णाली कुलो सिचाइ आयोजना शुरु गरे पनि करिब ३० प्रतिशत किसानले श्रमदान गर्नुपर्ने भएकोले देशावर उठाइएको कुलरिया कुलो जल उपभोक्ता समितिका अध्यक्ष रविलाल चौधरीले बताए । देशावर आएका किसानको प्रति दिनको एक सय रुपैयाका दरले मात्र हिसाव गर्दा पनि १० हजार किसानले श्रम गरे एक दिनको १० लाखको श्रम लाग्ने गरेको छ देशावरमा ।

अन्य समाचारहरु