सम्झौता अनुसार तलब, सुविधा नपाएको विरोधमा मलेसियाको कम्पनीमा नेपालीलगायत करिब पाँच सय विदेशी कामदार आन्दोलित

सम्झौता अनुसार तलब, सुविधा नपाएको विरोधमा मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीलगायत करिब पाँच सय विदेशी कामदार आन्दोलित भएका छन् ।

 

टायर निर्माण सम्बन्धी इपो स्थित इभर थ्रो रबर प्रोडक्सन नामक सो कम्पनीले सम्झौता अनुसार तलब सुविधा नदिएको र विभिन्न बहानामा तलबबाटै पैसा कटौती गर्दै आएको भन्दै कामदारले कामै ठप्प पारेर विरोधमा उत्रिएका हुन् ।

 

आन्दोलित कामदारले सम्झौता पत्रमा उल्लेख भए अनुसार न्युनमत तलब ५ सय ४६ रिङ्गिट पनि नपाएको बताइएको छ ।