पक्राउ पर्नेमा ग १ ज ३५०० नम्बरका ट्याक्सी चालक हरि खड्का सहित प्रेम लामा, हरि पुन, बुद्ध शेरचन, मनबहादुर भुजेल र थमनसिंह गुरुङ रहेका छन् । पोखराको माछापुच्छे्र टोलमा दुई दिन अघि घाईते अवस्थामा भेटिएको मृग उनिहरुले मारेर खाएको जिल्ला वन कार्यालयले जनाएको छ ।
उनीहरुले मृगलाई ट्याक्सीमा हालेर पुम्दीभुम्दीको फुस्रे खोलामा लगेर मारेको सहायक वन अधिकृत माधव प्रसाद बरालले जानकारी दिए । पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०४९ अनुसार बन्यजन्तुको चोरी शिकारी र ओसारपसारमा संलग्न रहेकोले पक्राउ परेका ६ जनालाई दुई वर्ष सम्म कैद हुन सक्ने सहायक वन अधिकृत बरालले बताए



