विराटनगर – मोरङको उर्लाबारी-सिजुवा सडक खण्डमा शुक्रबार साँझ ट्रकको ठक्करले तीनजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
उक्त सडक खण्डको इटहरा २ मा को १ ख १५७८ नम्बरकेा ट्रकले ठक्कर दुई मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार एउटा मोटरसाइकलमा सवार सुनसरीको इटहरीका खेम ढकाल र शंकर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । अर्को मोटरसाइकलमा रहेकामध्ये नाम ठेगाना नखुलेका एकजनाको उपचारका लागि लैजानेक्रममा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते नाम ठेगाना नखुलेका एकजनाको विराटनगरमा उपचार भइरहेको छ ।