पशु सेवा कार्यालय झापाका प्रमुख राधेश्याम मण्डलले दिएको जानकारी अनुसार पाठामारी- १ मिजाम मियाँ र कौशर मियाँको घरपालुवा कुखुरा, अर्जुनधारा- ७ का गोपालप्रसाद ओलीको कुखुराफार्म र चारपाने- ३ का देवेन्द्र श्रेष्ठका कुखुराफार्मका कुखुरामा बर्डफ्लु भेटिएको हो ।
पशु सेवा कार्यालयले तीनै ठाउँ वरपरको पाँच सय मिटर क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरेको छ । ‘संक्रमित क्षेत्रमा प्राविधिक टोलीले कुखुरा मार्ने काम तत्काल सुरु गर्छ,’ उनले भने ।
झापामा बर्डफ्लु भेटिएको दोस्रोपटक हो । तीन वर्षअघि काँकडभिट्टामा नेपालमै पहिलोपटक बर्डफ्लु भेटिएको थियो ।



