रुकुममा आफैले चलाएको ट्याक्टरले किच्दा चालकको मृत्यु

कमल थापा

 

रुकुम  – आफैले चलाएको ट्याक्टरले किच्दा चालकको मृत्यु भएको छ। रुकुमकोट गाविसको धाउँने वगरबाट काक्री गाविसको खावांग वगर बालुवा लिएर गइरहेको भे.१ त. ४९०७ नं.को ट्याक्टर दुर्घटना हुँदा रुकुमकोट २ का १८ वर्षीय चालक अनुप विसीको घटना स्थलमै मृत्यु भएको हो।

 

निर्माणाधीन मध्य पहाडी राजमार्ग अन्तरगत रुकुमकोट ९ स्थित काप्राको ओरालोमा जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। निर्माणाधीन कच्ची सडकको ओरालोको घुम्तीमा ट्याक्टरको ब्रेक फेल भएको प्रहरीले जनाएको छ। ब्रेक फेलसँगै अगाडि हुत्तिएकाले चालकलाई किचेको हो।

 

चालक ट्याक्टर सहित करिव १ सय मिटर तल खसेका थिए। ट्याक्टरका सहयोगी भने हामफालेर बाँच्न सफल भएका छन्। मृतक चालक विसीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। गत वर्षमात्र विवाह गरेका उनी एक्लो छारा थिए। कच्ची सडक र अनुभव नभएका चालकले चलाउँदा पटक पटक दुर्घटना हुने गरेको छ।

अन्य समाचारहरु