दर्ता गरिएको बिरोधमा यातायात बन्दका कारण धौलागिरिको जनजीवन प्रभावित

धौलागिरी अञ्चल यातायात बस व्यवसायी, जीप व्यवसायी र ट्याक्सी व्यवसायी समितिले आह्वान गरेको बन्दका कारण धौलागिरी अञ्चलमा आज दोस्रो दिन पनि गाडी चल्न सकेन ।

 

जिल्ला प्रशासन कार्यालय बाग्लुङमा बुर्तिबाङ यातायात व्यवसायी समिति दर्ता गरिएको बिरोधमा उनीहरुले बन्द गरेका हुन् ।

 

बन्दकर्ताले पश्चिम बाग्लुङको बुर्तिबाङ बजार र त्यस आसपासमा सदरमुकामबाट सञ्चालन हुने बस, जिप र ट्याक्सीले सेवा दिन नसकेको आरोप लगाउँदै आएका छन् ।

 

बन्दका कारण धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दीबाट चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने बन्दकर्ताले आज निजी सवारी साधनलाई पनि चल्न दिएका छैनन् ।

अन्य समाचारहरु