अमेरिकाको न्यूजर्सीमा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु


 

न्यूजर्सी – अमेरिकाको न्यूजर्सी भन्ने ठाउँमा आज बिहान भएको सडक दुर्घटनामा एक नेपालीको ज्यान गरेको छ ।

 

प्राप्त जानकारी अनुसार काठमाण्डौको अनामनगर घर भई हाल अमेरिका बस्दै आउनुभएका राजेन्द्रकुमार बस्नेतको सडक पार गर्ने क्रममा आज बिहान निधन भएको हो ।

 

उनले स्टोरबाट घरफर्कने क्रममा बाटो पार गर्न लाग्दा गाडीले ठक्कर दिएको अमेरिकामा रहनुभएका पत्रकार शिशिर शर्माले जानकारी दिए ।
 
गाडीले ठक्कर दिए लगत्तै बस्नेतलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषित गरिदिएको थियो । विगत केही समययता अमेरिकामा सडक दुर्घटनामा परी मृत्यु हुनेक्रम बढेको छ । यसमा नेपालीहरु समेत पर्न थालेका छन् ।