
काठमाडौंमा तपाई निर्माणको केही काम गर्दै हुनुहुन्छ र त्यसका लागि सडक र फुटपाथमा निर्माण सामाग्री थुपार्नु भएको छ भने होसियार हुनुहोस ।
काठमाडौं महानगरपालिकाले यसरी निर्माण सामाग्री राखेर सडक र फुटपाथमा सर्वसाधारणलाई बाधा पु-याउनेहरुको सामाग्री नै जफत गर्न थालेको छ ।
काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय छेऊमा अग्लो महल बनाउन फुटपाथमा थुपारिएको निर्माण सामाग्री नगर प्रहरीले आज जफत ग-यो ।
मु्ख्य फुटपाथमा ब्यापार गर्नेहरुका विरुद्ध अभियान संचालन गरिरहेको नगर प्रहरीले भित्री शहरका सडकहरुमा पनि आफ्नो निगरानी बढाउने क्रममा निर्माण सामाग्री जफत गरेको हो ।