सुनसरी जिल्लामा फेरी बर्डफलुको संक्रमण भएको पुष्टी

– अबधेशकुमार झा

 

इनरुवा, फाल्गुन ३ – सुनसरी जिल्लामा फेरी बर्डफलुको संक्रमण भएको पुष्टी भएको छ ।

 

जिल्लाको नरसिंह गाबिस ८ मा स्थानीय बासिन्दाहरुले पालेका कुखुराहरुमा बर्डफ्लुको बिषाणु फेला परेपछि जिल्लामा फेरी बर्डफ्लुको संक्रमण पुष्टी भएको हो ।

 

यसअघि इटहरी ६ बज्राहास्थित पिके पोल्ट्री एण्ड सप्लायर्स र खनार ४ को पाथीभरा पोल्ट्री फर्ममा बर्डफ्लुको संक्रमण भएको पुष्टी भएको थियो ।

 

साता यता नरसिंह ८ स्थित मुस्लिम बस्तीमा भकाभक कुखुरा मर्न थालेपछि गरिएको परिक्षणमा नरसिंहको नमुनामा बर्डफ्लुको बिषाणु फेला परेको पुर्वान्चल क्षेत्रिय पशु स्वास्थ्य निर्देसक डा. बोलराज आचार्यले जानकारी दिए ।

 

उनका अनुसार नरसिंहस्थित कुखुरा मर्न थालेको बस्तीमा संक्रमित कुखुरालाइ नष्ट गरिने छ ।

अन्य समाचारहरु