नारायणघाट-मुग्लिङ सडक राजमार्ग अवरुद्ध, हजारौं यात्रुहरु बाटोमा अलपत्र

– दीपेन्द्र बडुवाल

 

काठमाडौ  – स्थानीयले गरेको अवरोधका कारण नारायणघाट-मुग्लिङ सडकमा आइतबार मध्यरातिबाट सयौंको संख्यामा यात्रु तथा मालवाहक गाडीहरु रोकिएका छन् ।

पूर्व तथा पश्चिमबाट आएका सबै रात्री बसहरु उक्त सडक खण्डमा रोकिएका छन् । प्रहरीसंगको झडपमा चण्डी भन्ज्याङ-९ भालुढुंगाका १८ वर्षीय रविन गुरुङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् । घट्नास्थल मुग्लिङभन्दा ५ किलोटिर नारायाणघाट पट्टी पर्दछ ।

बाटोमा रात्रीबस रोकेर शिवरात्रिको चन्दा उठाइरहेका युवा र ईलाका प्रहरी कार्यालय मुग्लिङको टोलीबीच भएको झडपमा घाइते रविनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको थियो । स्थानीयले प्रहरीको निर्मम कुटाईबाट उनको मृत्यु भएको बताएका छन् । रविनको खुट्टा तथा गुप्ताङमा चोट देखिएको छ । बाटो अवरुद्ध हुँदा मध्यरातिदेखि हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।

अन्य समाचारहरु