काठमाडौंका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अघि नै विद्यार्थी भर्ना सुरु

काठमाडौं – नयाँ शैक्षिक सत्र सुरु हुन दुई महिना अघि नै केही विद्यालयले विद्यार्थी भर्ना सुरु गरेका छन् । यो नियम विपरीत हो । नियमानुसार बैशाखबाट सुरु हुने शैक्षिक सत्रका निम्ति भर्ना प्रक्रिया चैत १५ पछिमात्र भर्ना लिन पाउँछ ।

भर्ना लिने विद्यालयमा शिक्षा मन्त्रालयमातहत नियन्त्रिक बूढानिलकण्ठ स्कुलले फाराम वितरण प्रक्रिया अघि बढेको जनाएको छ । उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । त्यसैगरी रातो बंगला स्कुलले फाराम वितरण गरिसकेको छ भने सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलले यसै साताबाट फाराम वितरण गर्ने तयारीमा छन् । रातो बंगला सबैभन्दा महँगो निजी विद्यालय मानिन्छ । त्यसैगरी मिसनरी स्कुलका रुपमा सञ्चालित सेन्ट मेरिज र सेन्ट जेभियरले ‘सोर्स फोर्स र चन्दा’ का आधारमा विद्यार्थी भर्ना लिने गर्दछन् ।

‘ठूला र साना भनेर विभेद गर्नु हुन्न’, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले प्रक्रिया मिच्नु गलत भएको उल्लेख गर्दै भने, ‘यो अस्वस्थ प्रतिस्पर्धा हो । सरकारी संयन्त्रले समान व्यवहार गर्नुपर्छ ।’ – कान्तिपुर

अन्य समाचारहरु