मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, धुबाङ २ का लाटा भनिने कमल भण्डारी रहेका छन् । घटना १८ जना घाइते भएका छन् ।
घाइते हुनेमा धुवाङ ३ विमला राना वर्ष ३२, शेरबहादुर राना वर्ष ३५, विजुली ३ का सरला थापा वर्ष ३०, श्रृजना खड्का, हेमन्त विक, विजुली ५ का विष्णु श्रेष्ठ, इन्द्र बोहोरा पकला १, कैलास रावत रस्पुरकोट, सरस्वता पोख्रेल माझकोट ७, राधा श्रेष्ठ विजुली ६, कल्पना नेपाली रम्दी ३, गंगा बस्नेत विजुली ३, माया नेपाली विजयनगर २ र एक जना नाम नखुलेका महिला र २ वटा अन्दाजी २ वर्षका बच्चा घाइते भएका छन् । घाइते मध्ये चालक क्प्टेन भनिने हरिबहादुर शाहा, सहचालक हेमन्त विक, नाम नखुलेको १ महिला र शेरबहादुर खड्कालाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचार पछि थप उपचारका लागि कोहरपुर रिफर गरिएको जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ ।
तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी सहायक निरीक्षक प्रमोद क्षेत्रीले बताए ।



