– चित्राङ्ग थापा
महेन्द्रनगर – पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरा-२ मा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते छन् । वनहरा नदीको पुल नजिक रोकिराखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा १८ वर्षका लोकेन्द्र चन्द, १३ वर्षका पदम ऐर, १३ वर्षकै सुरेश ऐर छन् । घाइते १२ वर्षका गोपाल थापाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेलाई उद्धरण गर्दै कञ्चलनपुर जिल्ला प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले चारैजना एउटै मोटर साइकलमा यात्रा गरिरहेको जानकारी दिए । घटनामा प्रहरी टोली पुगे पनि विस्तृत विवरण भने आई नपुगेको मल्लले बताए ।