
कवाडी तथा ग्यारेज व्यवसायी र भदौरे तामागी रुटमा चल्ने जीप व्यवसायीलाई धम्काउँदै रकम असुल्न खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकांश पोखरा अर्चलबोट र बाँकी शहरका विभिन्न क्षेत्रका रहेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
लामो समय देखि धम्काउँदै रकम माग गर्ने उनीहरुले भौतिक कारबाही गर्ने धम्की दिएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । के कति रकम माग गरेको र असुली गरेको बारेमा भने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिवारीले बताए ।





