वाग्लुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्वर पाण्डे पितृ सोकमा

– गिता मणि पाण्डेय

 

युएई दुवई ।  गत सुक्रवार एभरेष्ट होटलमा वाग्लुङ सेवा समाज  युएईका कोषाध्यक्ष पिताम्वर पाण्डेका बुवा तु_िल्सराम पाण्डेको १३औं दिनको अवसर पारेर शोक सभा आयोजना गरेको छ । मृत आत्माको चीर शान्तिको कामना सहित  घर परिवार सवैमा  धैर्यधारण गर्ने शक्तिप्रदान गरोस भन्दै १ मिनेट मौनधारण वाट सभा सुरु गरिएको थियो ।


  यस कार्यक्रममा मानवहादुर थापा  लालवहादुर ढेंगा  भुपराज वस्याल  राजु पाण्डे  गोकर्ण पौडेल  राम प्रसाद  अधिकारि केदार िसंह नेपाली तथा अन्य साथिहरुको पनि  उपस्थिती थियो । गोकर्ण पौडेलको शोक मन्तव्य वाट शुरु गरिएको उक्त सभामा यसै समाजका वरिण्ठ सल्लाहकार मान वहादुर थापाले शोक मन्तव्य दिदैं यस समाजका कोषाध्यक्ष पितम्वर पाण्डेको बुवा तु_िल्सराम पाण्डेको देहवसानको खवरले हामीलाई दुखित वनाएको र उनको आत्मालाई चिर सान्तिको कामना सहित घर परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भन्दै शोक मन्तव्य दिनु भएको थियो । 


   वाग्लुङ सेवा समाज  युएईका अध्यक्ष गोपाल कडेंलको सभापत्विमा कार्यक्रम साचालन भएको थियो भने कार्यक्रमको साचालन यसै समाजका सचिव केदारिसंह नेपालीले गरेका थिए