बैदेसिक रोजगारको आकर्षण स्थानको रुपमा ल्याटिन अमेरिका पनि

चिली – गत केहि समयदेखि बैदेसिक रोजगारको क्रममा ल्याटिन अमेरिकाको ब्राजिल ,चिली मा नेपालीहरु आउने क्रम बढ्दो विषेश गरि क्वालिटी कन्ट्रोल र सेल्स मेनको रुपमा नेपाली हरु आउने गरेका छन।


यहि फागुन महिना भित्रमा चिलीमा मात्र एक जोडी सहित  कयौं युवाहरु ल्याटिन अमेरिका आएका छन।

 

त्यस्तै क्रममा चिलीको ईकिकिमा रहने नेपालीहरुले आगामी अईतबारको दिन नया आगमन नेपालीहरुसंग भेटघाट तथा स्वागत कार्यक्रम राखेको कुरा चिलीमा लामो समय बिताई सकेका चितवनका एक युवा संजय ढकालले हाम्रो प्रतिनिधिलाइ बताएका छन।