बेलायत अध्यायन गर्न आएका नेपाली बिद्यार्थीहरुको स्थिती भयानक, धमाधम ज्यान जोखिममा पारेर अन्य यूरोपका देशहरुमा पलायन, दलालहरु सकृय, सयौ नेपाल फिर्ता
फाल्गुन २४ गते, २०६८ मा प्रकाशित
कन्जरभेटिभ प्रधानमन्त्री डेभिड क्यामरुन
– कौशल अधिकारी
बेलायत । बिद्यार्थी भिषामा बेलायत अध्यायन गर्न आएका नेपाली बिद्यार्थीहरु धमाधम अन्य यूरोपका देशहरुमा पलायन हुन थालेका छन । कामको अभाव, अर्कातिर बदलिंदो बेलायती कानुन एवम धमाधम कलेजहरु बन्द हुन थालेपछि यसरी बिद्यार्थीहरु पलायन हुन थालेका हुन।
युकेमा रहेका नेपाली दलालहरुलाई लाखौं रुपैया बराबरको पैसा तिरी अबैधानिक रुपमा बिना भिषा यूरोपका फ्रान्स, स्पेन, पोर्चुगल, अस्ट्रिया, जर्मनी लगायतका देशहरुमा शरर्णाथीको रुपमा छिर्न थालेका छन । ब्रिटेन देखी फ्रान्ससम्म जोडीएको सुरुङ मार्ग, जिब्राल्टार लगायत अन्य यूरोपका देशमा जोडीएका मार्ग हुँदै समेत ट्रक, भ्यानहरुमा खतरा मोल्दै यसरी अन्य देशहरुमा शरण माग्न पुगेका हुन।
बेलायतबाट फेरी ति देशहरुमा भिषा लगाएर आउन गाह्रो हुने भएकोले यसरी ज्यान जोखिममा पारेर आउनेको सन्ख्या बढेको हो । साथै यसरी ज्यान जोखिममा पारेर असुर्क्षित बाटोबाट जादै गर्दा ३ जना भारतीय, बङलादेशी नागरिकको मृत्यु भएको छ भने अहिले सम्म नेपाली परेका छैनन। अहिले बेलायतमा नेपाली दलालहरुको सकृय रहेका छन ।
साथै बिभिन्न संचारमाध्यमहरुले उल्लेख गरे अनुसार अहिले सम्म सयौ नेपालीहरु नेपाल फर्की सकेका छन ।
उता यसरी बिद्यार्थीहरु धमाधम पलायन हुँदै शरण माग्न आउन थालेपछि ति देशहरुले बेलायतबाट आउने र सिमाहरुमा चेक जाच बढाएका छन । भने बेलायतले पनि धमाधम चेकजाचमा कडाइ गरेको छ।
यसैगरी २ दिन अघी बेलायत सरकारले ५ जना बिद्यार्थीहरुलाई नेपाल फिर्ता पठाएको छ । फिर्ता पठाइएका ती बिद्यार्थीहरुको बसाई गैर कानुनी रहेकोले उनीहरुलाई फिर्ता पठाइएको नेपालस्थित बेलायती दुतावासले जनाएको छ ।
यद्यपी बिद्यार्थीहरुले भने त्यो अस्विकार गरेका छन । बेलायतबाट नेपाल फर्काइएका एक नेपाली विद्यार्थीका अनुसार उनी अध्यायरत कलेजका कारण नेपाल फर्कनु परेको हो । उनी नेपाली सञ्चालकको कलेजमा अध्यायन गर्थे । बेलायत प्रहरीले अनुसन्धान गरी कलेजमा फोन गर्दा कलेजले अनुपस्थित भएको जानकारी दिएका कारण उनलाई नेपाल फर्काइएको थियो । केहि नेपाली सञ्चालकका कलेजहरुमा टीयर फोर लागु भएदेखी बेलायत आई कलेज नगएकाहरुलाई पनि भर्ना गरीएको ति बिद्यार्थीको गुनासो छ । उनी गत अक्टोबरबाट कलेज गएका थिएनन । पर्काइएका मध्ये अरु चार जनाले भने आफुहरुले कलेजमा भर्ना समेत नगरेको बताए । उनीहरु बिद्यार्थी भिषामा बेलायत आएपनि कलेज गएका थिएनन ।
बेलायत सरकारले टीयर फोर बिद्यार्थीहरुलाई लक्षित गरी ल्याएको अनुदार शिक्षा नीति र अध्यायनरत कलेजको लापर्वाहीका कारण उनीजस्ता धेरै नेपाली विद्यार्थीहरु नेपाल र्फकनुपरेको अवस्था छ । दशौ लाख खर्चेर बेलायत अध्यायन गर्न आएका हजारौं बिद्यार्थीहरु बेलायत सरकारको अनुदार नीतिको शिकार भएका छन । एकातिर कामको अभाव त अर्कातिर बदलिंदो बेलायती कानुनका कारण बिद्यार्थीहरुले अफ्ठ्यारो अवस्था सामना गर्नुपरेको छ ।
यसैक्रममा बेलायत सरकारले युरोपेली संघ बाहिरका कम्तीमा ३१ हजार पाउन्ड अर्थात् ३८ लाख ४४ हजार रुपैयाँ वार्षिक आम्दानी हुने नागरिकले मात्र बेलायत बस्ने सक्ने गरी नयाँ आप्रवाससम्बन्धि नीति ल्याउन लागेको छ ।
कम आम्दानी हुने संघबाहेकका देशका नागरिकलाई ५ वर्षको भिसा अवधि सकिएपछि सम्बन्धित देश फर्काइनेछ । बेलायत सरकारले प्रस्ताव गरेको यो नीति कानुन बनेमा हजारौं नेपाली पेसाकर्मी तथा आप्रवासी प्रभावित हुने छन् ।
गत महिना बेलायती आप्रवास मन्त्री ड्यामियन ग्रीनले आप्रवास नीति सार्वजनिक गर्दै बेलायती जीवनस्तर सुधार्ने खालका आप्रवासी मात्रै चाहेको तथा मध्यम खालका व्यवस्थापक र अदक्ष कामदारको बेलायतलाई खाँचो नभएको बताएकाले पनि थुप्रै विदेशी कामदार यसबाट प्रभावित हुने देखिएको हो । मन्त्री ग्रीनले आफ्नो देशमा बस्ने आप्रवासीले बेलायतबाट फाइदा लिनेभन्दा बेलायतलाई फाइदा दिने हुनुपर्छ भनेका थिए।
कन्जरभेटिभ प्रधानमन्त्री डेभिड क्यामरुन नेतृत्वको वर्तमान गठबन्धन सरकारले मे महिनादेखि यो नीति लागू गराउन चाहेको छ । गैरआवासीय नेपाली संघ बेलायतले यसबाट बेलायतमा बसोबास गर्दै आएका ८० प्रतिशतभन्दा बढी नेपाली आप्रवासी प्रभावित हुने बताएका छन् ।
बेलायतमा पूर्वगोर्खा सैनिकसहित करिब १ लाख ५० हजार नेपाली रहेको अनुमान छ । बेलायतमा रहेका अधिकांश नेपालीको वार्षिक आम्दानी १५ देखि २० हजार पाउन्ड अर्थात् १८ लाख ६० हजारदेखि २४ लाख ८० हजार रुपैयाँ हाराहारी मात्र रहेको बताइन्छ ।