बुधबार रातिदेखि बेपत्ता ओलीको शव बिहीबार बिहान १० बजे वन क्षेत्रमा प्रहरीले फेला पारेको छ । ओलीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका श्रीमान् खड्ग ओली वनका चौकीदार हुन् । ओलीले आफ्नो अनुपस्थितिमा श्रीमतीलाई चौकिदारी गर्न पठाएका थिए । प्रहरीले वन तस्करले हत्या गरेको आशंका गरेको छ । हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



