काठमाडौंबाट हेटौंडा जाँदै गरेको जिप मकवानपुरमा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौंबाट हेटौंडा जाँदै गरेको जिप आज मकवानपुरको निवुवाटार गाविसमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेहरुमा रौतहट जिल्ला सितलपुरका प्रहरी जवान जितेन्द्र कुमार यादव, मकवानपुर पदमपोखरीका लिला भट्टराई र ठेगाना नखुलेका कर्णबहादुर कार्कीको सनाखत भएको छ भने अर्का एक जनाको सनाख हुन सकेको छैन ।

दुर्घटनामा चार जना घाईते भएका छन् । घाईतेहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु