युएई शेर्पा लोसार सांझ भव्य रुपमा सम्पन्न

– गिता मणि पाण्डे

 

युएई दुवई   ।  गत मार्च १०। २०१२ का दिन युएईको वरदुवई स्थित इम्पेरियल स्वीट होटलमा एक कार्यक्रम आयोजना गरि शेर्पा िकंदुग युएई द्धारा शेर्पाहरुको लोसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा लोसार सांझ भव्य रुपमा सम्पन्न गरेको छ । 


  उक्त कार्यक्रममा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्वमा युएईका लागि नेपालका कार्यवाहक राजदुत तथा उपनियोग प्रमुख दिपक अधिकारिको उपस्थित थियो भने विषेश अतिथिमा नेपाल आदिवासि जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापाको उपस्थितीमा शेर्पा जातीको आफनो कार्यक्रम अनुसार लामा गुरु द्धारा विधिवत रुपमा पुजापाठ गरि कार्यक्रम सुरु गरिएको थियो । अन्य अतिथिको रुपमा तामाङ समाज का महेश मोक्तान  िकंरात समाजका पिएस लिम्वु िकंरात राई समाजका कटक राई  मगर समाजका नुनप्रसाद सोमै  तमु समाजका डेरराज गुरुङ  राजु गुरुङ  पत्रकार महासंघका संकर ज्ञवाली  धरान दुवईका सोम तामाङ  ईलामेलि का तुलसी तामाङ  नेपाली समाचारका लालवहादुर ढेंगा  जनजाती महासंघका भुपु अध्यक्ष यम प्रसाद तमु  तथा भुवन राई  नेपाली समाजका ललित राना मगरको उपस्थिती थियो । कार्यक्रममा अतिथिको मन्तव्य दिदैं आफनो सस्कृती कलालाई जोगाई राख्ोको भन्दै आउने दिनहरुमा पनि यस्ता कार्यक्रम गर्न हौसला मिलोस भन्दै शेर्पाहरुको लोसार सांझलाई खुलेर प्रसंसा गरिएको थियो ।


 अन्तमा यो लोसार छयाङ रक्सी वियरवाट सुरु गरिने भए पनि अहिले तेसको सदुपयोग नगरिकन आफना जातीका सांस्कृतिक झंाकी नांच गानको प्रस्तुति  गरिएको थियो । नाच गानको प्रस्तुतीले सवै दस्रकहरुले हुटिङको साथ डान्स पनि गरेका भने यस पोग्राममा सहयोग गर्ने सवैलाई धन्यवाद दिदैं प्रमुख अतिथिवाट सम्मान प्रत्र दिएर सम्मान पनि गरिएको थियो जसले गर्दा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारि गराईको थियो ।