गर्मी सँगै मुलुकका बिभिन्न क्षेत्रमा लागेको डडेलो – आगलागीले धनजनको क्षती

काठमाडौ –  मुलुकका बिभिन्न क्षेत्रमा पछिल्लो समय आगलागीले धनजनको क्षती पुर्याएको छ । यसै क्रममा तेह्रथुम र सिरहामा भएको आगलागी सयौं हेक्टर जंगल र दर्जनौं घर गोठ खरानी बनाएका छन् ।

डडेलो नियन्त्रणमा आउन सकेन, सयौं हेक्टर वन सखाप

चन्द्र कार्की

तेह्रथुम: तेह्रथुमको हमरजुङ र पञ्चकन्या गाविसका चार वटा सामुदायिक वनमा सल्कीएको वन डडेलो चार दिन वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन् ।

यी दुई गाविसको सिमा पंसुवा खोलाको पुछारबाट गत विहीवार सल्किएको आगो आइतवार हमरजुङ गाविसको अंधेरी सामुदायिक वन हुँदै पञ्चकन्या गाविसको घामे कालिदह सामुदायिक वनतर्फ सल्कीरहेको आगो नियन्त्रण कार्यमा संलग्न स्थानीय घनश्याम थापाले वताए ।

डडेलो शनिवार अपरान्ह स्थानीय ज्यामिरे वस्तीमा प्रवेश गर्दा स्थानीय हर्क वहादुर लिम्वु र लोक वहादुर लिम्वुको घर र ग्वाली जलेका थिए ।

आगलागीमा परी स्थानीय घामे कालीदह, अंधेरी र गढीहात्ती ढुंगो सामुदायीक वनका हजारौं रुख र जडीवुटी खरानी भैसकेको छ । वनमा सल्किएको डडेलो नियन्त्रणका लागि जिरिखिम्तीस्थित ससस्त्र प्रहरीको म्याङलुङ गुल्मवाट गए राती नै प्रहरीहरु पुगेका छन् ।

आगो निभाउने कार्य जारी रहेको जिल्ला वन अधिकृत फणिन्द्र पोखरेलले वताएका छन् । डडेलो वस्तीतर्फ वढीरहेको छ । डडेलो क्षेत्रमा हावाहुरी चलिरहेको र पानी र स्याउला समेत नभएकाले डडेलो नियन्त्रणमा समस्या भएको वन कार्यालयले जनाएको छ ।

५५ घरगोठ जल्यो

भरत जर्घामगर

लहान: सिरहाको नहरारिगौल

अन्य समाचारहरु