– कर्ण जंग रायमाझी (कोरिया ब्यूरो)
दक्षिण कोरिया । ने. क. पा .(एमाले) विदेश संगठन नेपाली लोक तान्त्रिक मंच (एंनडीएफ़) दक्षिण कोरियाको नजिक आई रहेको चौथो राष्ट्रिय सम्मेलनको तयारीको लागि गएको आइतबार इदेयको फस्ट नेपाल रेस्टुरेन्टमा का बा अधयक्ष कृष्ण राईको संयोजकत्वमा १९ सदस्य संयोजक समिति गठन गरेको छ ।
का.बा.अध्यक्ष कृष्ण राईको संयोजकत्वमा ५१ जना पार्टी कार्यकर्ताको उपस्थितिमा समिति गठन गरिएको थियो। जसमा सदस्य सचिब भेषराज खड्काको संचालनमा रहेको थियो। सो समितिमा पुनःसदस्य सचिब भेषराज खड्का रहनुभएको छ भने सदस्यहरुमा याम शेर्मा, श्रीजना नेपाली, कर्ण जंग रायमाझी, चेत बहादुर बस्नेत, गुन बहादुर राना, कुमार थापा, रमेश भट्टराई, किरण सुनुवार, केशब गौतम, दिल्ली ढकाल, दुर्गा दाहाल, दीपक भण्डारी र साजन शर्मा रहेका छन् ।
सम्मेलन लाइ अझ वृस्तृत ब्यबस्थित ,मर्यादित बनाउनका लागि भेलाले प्रचार प्रसार बिभाग प्रमुख रघु त्रिपाठी , संगठन बिभाग प्रमुखमा गोबिन्द गाउले, आर्थिक बिभाग प्रमुख हरि बुढामगर लाई चएन गरेको छ ,पार्टी केन्द्रको अख्तियार गरेको कार्यनीतिलाई कोरियामा रहेका कार्यकर्ता सामु पुराउने उदेश्यले आगामी डेड महिनामा किम्पू ,उईजम्बु ,थेजन ,थेगु ,बुसान छेत्रमा समेत संगठन विस्तार गरिने पनि संयोजक राईले बताउनु भयो ।