यस् बर्षको एस.एल.सी.परिक्षामा सहभागी हुने कक्षा दशका बिद्यार्थीलाई कक्षा नौ मा अध्ययनरत बिद्यार्थीहरुले बिदाइ गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेका हुन ।
कार्यक्रममा बोल्दाइ प्रमुख अतिथी जिल्ला शिक्षा अधीकारी झुम प्रशाद राइले एस।एल।सी पनि बिधालय स्तरका अन्य परिक्षा सरह भएकाले बिद्यार्थीहरुलाई नडराउन अनुरोध गरे ।
कक्षा नौ कि छात्रा प्रियाा छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिधालय ब्यबस्थापना समितिका अध्यक्ष बिमल बहादुर शाक्य , प्राचार्य लोकनाथ उपाध्यय , उप प्राचार्य बालकृष्ण भण्डारी , कक्षा दशका शिक्षक सम्योजक धुर्बराज पन्थी , शिक्षक बिष्णु प्रशाद बस्याल , खिमानन्द न्यौपाने , कक्षा दशकी छात्रा पूजा अर्याल , कक्षा नौ का बिद्यार्थी हरी भण्डारी लगायतले मन्तब्य ब्यत्त गरेका थिए ।
यस् पटक सगै होराइजनले एस.एल.सी परिक्षामा २० औ पटक सहभागीता जनाउदै छ । यस् पटक १ सय ४५ जना छात्रा र १ सय ७८ छात्र गरी ३ सय २३ जनाले सहभागीता जनाउदै छन ।
कक्षा नौ का बिद्यार्थी बुटवल एफएम का प्रस्तोता एवम अर्घाखाँची डट्कम् का बुटवल सहयोगी किरण पाण्डे तथा बिद्यार्थी आयुश्मा अर्याल द्वारा सम्युत्त रुपमा सन्चालन गरिएको कार्यक्रममा बिभिन्न सास्कृतिक प्रस्तुती समेत प्रदशन गरिएको थियो ।



