भैरहवा भन्सारमा दुई भारतीय नागरिकलाई ठूलो परिमाणको नेपाली रुपैयाँ सहित पक्राउ


 

भैरहवा – धेरै कमिसन खाएर भारतीय रुपैयाँ उपलब्ध गराउने कार्यमा संलग्न रहेको आशंकामा सशस्त्र प्रहरी बल भैरहवा भन्सार राजस्व गस्तीले दुई भारतीय नागरिकलाई ठूलो परिमाणको नेपाली रुपैयाँ सहित आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्ला नौतनवा निवासी सुनिक कुमार र सोही ठाउँका मानसु गुप्ता रहेका छन् । उनीहरूबाट ३९ लाख ७० हजार नेपाली रुपैयाँ र कुमारी बैंकको १९ एटिएम कार्ड बरामद भएको छ ।

गस्तीका अनुसार युपी ५३ एभी ७४०५ नम्बरको मोटरसाइकलबाट भैरहवातर्फ आउँदै गरेका सुनिकबाट १८ लाख १० हजार रुपैयाँ र युपी ५६ डी ३०४१ नम्बरको मोटरसाइकलबाट आएका मानसुबाट २१ लाख ६० हजार रुपैयाँ बरामद भएको हो । दुवैले झोलामा पैसा बोकेर यात्रा गरेका थिए । – कान्तिपुर

अन्य समाचारहरु