दोहा- कतार नेपाली एकता समाजको सनैया बी एरिया अन्र्तगत इकाई ए बी र सी को संयुक्त आयोजनामा १६ मार्च २०१२ मा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बी एरियाका अध्यक्ष एवं केन्द्रिय कोषाध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा बी एरियाका सचिव राम इन्दल थिङ्गले साचालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा जुठे चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो । सो प्रशिक्षण कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर नेपालीले दर्शन संबन्धी केन्द्रिय महासचिव हेमन्त वाइवाले सामाजिक सवालसमसामयिक राजनिति र संघीयता संबन्धी र केन्द्रिय सदस्य तथा मुद्दा बिभाग प्रमुख लुमाकान्त पुनले कतारमा रहेका अन्य संघ संस्थासँगको संबन्ध र मजदुरहरुको समस्याको समाधान बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष धन बहादुर परियारले जुनसुकै क्षेत्रमा पनि श्रमजिवी मजदुरहरु माथि नै बढी शोषण र विभेद रहेको भन्दै संपुर्ण मजदुर वर्गहरु एक भएर अगाडि बढ्न आव्हान गर्दै प्रशिक्षण कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।