रुकुममा एसएलसीको दोस्रो दिन परीक्षार्थीले छोरी जन्माइन्

एसएलसी परीक्षाको दोस्रो दिन रुकुमकी एक छात्राले परीक्षा हलमै छोरी जन्माएकी छिन् । सदरमुकाम खलंगास्थित बालकल्याण माध्यमिक विद्यालय सोलावांङ परीक्षा केन्द्रकी परीक्षार्थी सुष्मा कुँवरले परीक्षा हलमै छोरी जन्माएको प्रहरीले जनाएको छ ।

 

परीक्षामा सहभागी भएको एक घण्टामै कुँवरले छोरी जन्माएकी हुन् । सुष्माले सहयोगीको साथमा परीक्षा दिएकी छन् । रुकुममा परीक्षाको क्रममा सुत्केरी हुने छात्रा तीन पुगेका छन् ।

 

हिजो पूर्वी रुकुमको तकसेरा परीक्षा केन्द्रमा सहभागी परिक्षार्थी रेखा घर्ती र नायगाड परीक्षा केन्द्रमा सहभागी कविता विक परीक्षा हलमै सुत्केरी भएकी थिइन् ।

अन्य समाचारहरु