कोरियामा फेरी एक नेपालीद्धारा आत्महत्या

— कर्ण जंग रायमाझी

दक्षिण  कोरिया ब्युरो,  अर्घाखाँची डट कम

                                   

 

गुल्मी तम्घास निवासी २६ बर्षिय मृतक पदम पन्त।

 

                                    “कसैको पनि हुन्न लोकमा एकैनास समुन्नति

                                         अरुको के कुरा हेर  सन्ध्यामा सुर्यको गति “


पैसा कमाई गाउँमा केहि सीपमुलक काम गरि घरपरिबार संग संगै बसी रुखो-सुखो जस्तो भएपनि खाई काम गरुला भनि सपना बोकि आजभन्दा करिब १ वर्ष अगाडी इपीएस प्रणालीबाट दछीण कोरियामा आएका गुल्मीको तम्घास निवासी २६ बर्षिय पदम पन्त इन्छन स्तिथ एक फुंजान कारखानामा  कार्यरत थिए ।

पदम पन्तले आत्महत्या गर्नु पहिला सुसाइट नोट लेखेका थिए । त्यसमा कसैलाई दोष नलगाएको नेपाली राजदूताबासले जनाएको छ । सुसाइटमा पन्तले बैंकमा रहेको पैसा ४६ लाख वोन लगभग नेपाली रकम (सवा ३ लाख )भाईलाइ पठाइदिनु भनि बैंक को पासवोर्ड लेखेर छोडेका थिए । तर  उनले साथीभाईको व्यवहारबाट भने मन दुखेको पत्रमा जनाएका छन्  । समय समय मा कम्पनीमा साहुले गर्ने दुर्ब्यवहार ,तनाबको बारेमा कुरा गर्ने गरेको उनका साथीहरुले बताए  । नेपाली दुताबासका सहचारी तुल्सी कोइरालाका अनुसार राजदुताबासले मृतकका घरपरिबार संग सम्पर्क गरिसकेको छ । मृतकको शब नेपाल पठाइदिन प्रक्रियागत पत्र समेत आइसकेकोले पन्तको शब सोमबार वा मंगलबार सम्म नेपाल पठाइने बताउनु भयो ।


      प्रहरी प्रतिबेदनमा पदम पन्तको मृत्यु अन्य कारणले नभई आत्महत्या नै भएको पुस्टि गर्दै पोस्टमार्टम गर्नु नपर्ने जनाएको छ । कोरियामा कामको लागी आएका मजदुरहरुले आत्महत्या गर्नु थुप्रै कारण छन् नेपाल बाट जुनकुरा सोचेर आउंछ यहाँ फरक हुनु ,काम गर्ने निश्चित समय नहुनु ,आत्याधिक कामको चाप हुनु ,साहुको अमानबिय ब्यबहार, पारिबारिक समस्या का  साथै घरपरिबार संगको बिछोड यी बिबिध कारण र डिप्रेसन प्रमुख देखिएका छन्  । यस्तो अबस्थामा बाच्ने हौसला नपाए पछि आत्महत्या गर्ने गर्दछन  । पन्तको आत्महत्या गर्नुको कारण पनि तेही हुन सक्ने बुझिएको छ  ।