पौडी खेल्ने क्रममा फेवातालमा डुबेर एक विदेशी पर्यटकको मृत्यु

– लालप्रसाद शर्मा

 

पोखरा  – पौडी खेल्ने क्रममा फेवातालमा डुबेर शनिबार एक विदेशी पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्विडेनका ५६ बर्षीय नागरिक सेल गुनार रोजरको मृत्यु भएको हो ।

दिउँसो साढे २ बजेतिर डुंगा लिएर निस्किएका रोजर फेवाताल पारीको रानीवनमा पुगेर पौडिएका थिए । पौडने क्रममा बाराही मन्दिर पछाडिको उनी डुवेका थिए ।

नेपाल प्रहरीको क्षेत्रीय सशस्त्र प्रहरी गणका प्रहरी सहायक निरीक्षक यामबहादुर जिसी नेतृत्व टोलीले मृतकको शव दिउँसो ४ बजेतिर निकालेको थियो ।

अन्य समाचारहरु